नेकपा एसका नेता डा. बेदुराम भुसालको गृहजिल्ला कपिलवस्तुमा सो पार्टीको अधिकांश नेताकार्यकर्तासहित करिब २५० जना नेताकार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।
यसअघि जिल्ला अध्यक्ष रहेका लंक हमाल एमाले प्रवेश गरिसकेका छन् भने आज प्रदेश किमटी सदस्य जितबहादुर रावत, जिल्ला कमिटी सचिव सरोज पौडेलसहितका १ सय नेताकार्यकता एमालेमा समाहित भएको एमाले केन्द्रीय सदस्य तथा कपिलवस्तु इन्चार्ज गिरिधारीलाल न्यौपालेले बताए ।
नेकपा एसका केन्द्रीय परिषद सदस्य छविलाल शर्माको नेतृत्वमा प्रदेश सदस्य जित बहादुर रावत, जिल्ला सचिव सरोज पौडेल, बल बहादुर बिस्वकर्मा, शिवराज उपाध्यक्ष सम्झना चौधरी लगायतका नेताहरूले एकैचोटि एमालेमा प्रवेश गरेपछि, एकीकृत समाजवादीको शिवराज नगरमा संगठन लगभग शून्य भएको एमालेको दाबी छ ।
एमाले शिवराज नगर कमिटीद्वारा आयोजित दशैको विशेष कार्यक्रममा, नेपाली कांग्रेस, माओवादी केन्द्र र लोसपाका कार्यकर्ताहरू पनि एमाले प्रवेश गरेका हुन् ।








