बुटवल ।
बुटवल उपमहानगरपालिकाले निजी कम्पनीलाई वधशाला सञ्चालन गर्न दिएपछि मासु व्यवसायी र किसानसंग टकराव उत्पन्न भएको छ ।
किसान र व्यवसायीसंगको सम्झौता रद्ध गरी टेण्डरमार्फत मुक्तिनाथ लाइभस्टक कम्पनीले ठेक्का पाएको वधशालामा गएर खसी–बोका बध गर्न मासु व्यवसायीले अस्वीकार गरेका छन् । उपमहानगरपालिकाले अनुगमनको नाममा मासु व्यवसायीलाई दैनिकजसो जरिवाना गर्न थालेको छ ।








