गृहपृष्ठ Featured हिमालयले भैरहवा र पोखरामा १ सय ८० सिटको न्यरोबडी उडाउने

हिमालयले भैरहवा र पोखरामा १ सय ८० सिटको न्यरोबडी उडाउने

काठमाडौँ ।

निजी वायुसेवाका साना विमानमा यात्रुको चाप तथा  टिकट सहजै नपाइने भएपछि काठमाडौंबाट पोखरा र भैरहवामा हिमालय एयरलायन्सले पनि उडान गर्ने भएको छ ।

हिमालयका उपाध्यक्ष विजय श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दसैँअघि उडान गर्ने योजना रहेको बताए ।

हिमालयले यात्रुको माग अनुसार यी दुई रुटमा १ सय ८० सिटको न्यरोबडी वा १ सय १४ सिट क्षमताको एयरबस ए–३१९ मध्ये कुनै पनि प्रकारको जहाज पठाउन सकिने जनाएको छ ।

सम्बन्धित् समाचार