गृहपृष्ठ Featured नारायणगढ–बुटवल सडकखण्ड : सडक क्षेत्रमै फल्यो धान

नारायणगढ–बुटवल सडकखण्ड : सडक क्षेत्रमै फल्यो धान

चितवन ।

पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काम यतिबेला ठप्प छ ।

विस्तारको काम रोकिएपछि पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका वडा नं. ५ मा पर्ने सडक क्षेत्रका खाल्डामा धान फलेको देखिन्छ ।

गत असारदेखि नै नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काम रोकिएको छ । नेपालीहरुका प्रमुख चाडब दशैं–तिहारका बेलामा पनि साँघुरो र खाल्डाखुल्डी सडकमा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ ।

ठाउँ ठाउँमा ठेकेदारले बनाउनका लागि भनेर सडक भत्काएर छाडेको छ तर नबनाउँदा झनै हैरानी, सास्ती र घण्टौ जाममा बस्नुपर्छ । केही दिन अगाडि मात्रै दाउन्नेमा सडक भासिँदा तीन दिनसम्म जाम सहनुपरेको थियो ।

सम्बन्धित् समाचार