मनोज पोडेल, कपिलवस्तु ।
सदरमुकाम तौलिहवास्थित कोतघर र मन्दिरमा फूलपाती भित्रयाईएको छ । घटस्थापनाको दिनदेखि बैदिक विधिपूर्वक दुर्गालाई आवहृान गरि पूजा गरिएको दसैं घर वा पूजाकोठामा भित्र्याईएको हो ।
शुभसाईतको प्रतीकका रुपमा रहेको धानको बाला, बेलपत्र, उखु, अशोक, केरा, जयन्ती, हलेदो र दारिम लगायतका बनस्पति दसैं घरमा पुर्याईयो ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीले तिलौराकोट र आनन्दबागको समयमाई मन्दिरमा पूजाआजा गरि सलामी दिएर फूलपाती भित्राएका छन् ।
त्यस्तैतौलिहवा स्थित सागरटोलमा रहेको चन्द्रघण्टा दुर्गा मन्दिरमा सप्तमीका दिन बिहीबार बिहान धार्मिक विधिपूर्वक फूलपाती भित्राइएको छ








