गृहपृष्ठ Featured एग्रीवस्तु कोल्डस्टोरेजले भन्यो- ‘अनर्गल समाचारहरु प्रकाशित भए, कानुनी उपचार खोज्छौं’

एग्रीवस्तु कोल्डस्टोरेजले भन्यो- ‘अनर्गल समाचारहरु प्रकाशित भए, कानुनी उपचार खोज्छौं’

वैखरी अनलाईन, कपिलवस्तु ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका- १० मा अवस्थित एग्रीवस्तु कोल्डस्टोरेज प्रा.लि.ले आफ्नो कोल्डस्टोरेजको विषयमा अनर्गल समाचारहरु प्रकाशित भएको भन्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । प्रा.लि.का सूचना अधिकारी दिवाकर खनालले विहिबार एक प्रेस विज्ञप्ति जारी गरि कपोकल्पित विषयहरु उल्लेख गरि समाचार प्रकाशित भएको जनाएका छन् । प्रा.लि.ले नेपाल सरकारको नियम कानुन अनुसार सबै प्रक्रिया पूरा गरेर मात्रै कोल्डस्टोरेज विगत २ वर्षदेखि सञ्चालनमा आएको प्रष्ट पारेको छ ।

‘केही सञ्चारमाध्यमहरुले एग्रीवस्तु कोल्डस्टोरेज प्रालिको विषयमा अनर्गल समाचारहरु प्रकाशित गरेकाले सत्यतथ्य बुझिदिन हार्दिक अनुरोध गर्दछु । हामीले नेपाल सरकारको नियम कानुन अनुसार सबै प्रक्रिया पूरा गरेर मात्रै कोल्डस्टोरेज विगत २ वर्षदेखि सञ्चालनमा आएको छ ।’ उक्त प्रेस विज्ञप्तिमा भनिएको छ ।

कोल्ड स्टोरेजको वातावरणीय प्रभाव मूल्यांकन (आईईई) सम्बन्धमा सम्बन्धित निकायबाट २०७८ साल असोज २५ गते मा स्वीकृत भइसकेको प्रा.लि.ले जनाएको छ । प्रकाशित समाचारहरुप्रति खेद व्यक्त गर्दै प्रा.लि.ले यसको कानुनी उपचार समेत खोजिने प्रष्ट पारेको छ ।

‘कोल्ड स्टोरेजको वातावरणीय प्रभाव मूल्यांकन (आईईई) सम्बन्धमा सम्बन्धित निकायबाट २०७८ /६/ २५ मा स्वीकृत भइसकेको छ । भारत सरकारले प्याज निर्यातमा प्रतिबन्ध लगाएदेखि विगत ७ महिनामा हामीले कुनै पनि आयात र विक्री वितरण नगरेको अवस्थामा कपोकल्पीत विषय उल्लेख गरेर समाचार प्रकाशित गर्ने सञ्चारमाध्यमले पत्रकारिताको सामान्य धर्म पनि पालना नगरी कोल्डस्टोरेज र स्थानीय सञ्चारकर्मी, प्रशासन, प्रहरीको पनि मानमर्दन गरिएको प्रति यस कम्पनीको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त समाचारप्रति खेद व्यक्त गर्दै यसको कानुनी उपचार समेत खोजिने प्रष्ट पार्दछौ । ।’ उक्त प्रेस विज्ञप्तिमा उल्लेख छ ।

यस्तो छ जारी प्रेस विज्ञप्ति :

सम्बन्धित् समाचार