अमेरिकामा मिल्टन तुफानका कारण हालसम्म १६ जनाको मृत्यु भएको छ । बुधबार आएको उक्त तुफानका कारण १६ जनाले ज्यान गुमाएको अधिकारीहरूले बताएका छन् ।
बीबीसीले अधिकारीहरूलाई उद्धृत गर्दै आगामी दिनमा मृत्यु हुनेहरूको संख्या बढ्न सक्ने उल्लेख गरेको छ ।
फ्लोरिडाको एक अपार्टमेन्टमा करिब ४ सय मानिसको उद्धार गरिएको समाचारमा जनाइएको छ । उक्त अपार्टमेन्टमा करिब २ हजार मानिस रहेको बताइएको छ ।
बुधबार आएको मिल्टन आँधीले फ्लोरिडामा क्षति पुर्याएको हो । जसका कारण ३० लाखभन्दा बढी घरको बिजुली काटिएको छ भने पिउने पानीको पनि समस्या भएको छ ।








