गृहपृष्ठ Featured दशैमा घर गएको बेला कपिलवस्तुमा ८ तोला सुन र ५० हजार चोरी

दशैमा घर गएको बेला कपिलवस्तुमा ८ तोला सुन र ५० हजार चोरी

वैखरी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तु जिल्लामा दशै मनाउन घर गएको बेला ८ तोला सुन र ५० हजार चोरी भएको छ ।

 

कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका ३ आखा अस्पताल टोलमा घरमा कोही नभएको बेला लाखौंको गरगहना र ५० हजार नगद चोरी भएको हो

 

कपिलवस्तु नगरपालिका ३ का स्थानीय राज कुमार नाउको घरबाट सो चोरी भएको हो । दशैको बेला असोज २६ गते सपरिवार गाउमा दशै मनाउन घर गएको बेला चोरले चोरी गरेको हो ।

 

कार्तिक १ गते साझ घर आए पछि त्यस बारे जानकारी भएको बताइएको छ । घटनाबारे तथ अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ । चाडपर्वहरु चली रहदा कपिलवस्तुमा चोरीका घटनामा समेत बृद्धि भएको पाइएको छ ।

सम्बन्धित् समाचार