गृहपृष्ठ Featured पिपरामा महान पवित्र कथिन चीवर दान महोत्सव सम्पन्न

पिपरामा महान पवित्र कथिन चीवर दान महोत्सव सम्पन्न

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तुको बाणगंगा नगरपालिका−२ पिपरामा महान पवित्र कथिन चीवर दान महोत्सव सम्पन्न भएको छ । उक्त महोत्सव शनिबार महामानव बौद्ध विहार सेवा समाज जिल्ला कार्यसमिति कपिलवस्तुको आयोजनामा सम्पन्न भएको हो ।

ठूलो संख्यामा भन्तेहरुको उपस्थिति रहेको उक्त महोत्सवमा अगुवा भन्तेले प्रवचन दिएका थिए । जहाँ कपिलवस्तु र रुपन्देहीका दर्जनौ दाताहरुले नगदसहित अन्न, फलफुल दान गरेका थिए ।

उक्त दानबाट संकलन भएको रकम तथा खाद्यान्न को आवश्यकताका आधारमा भन्देहरुको पालनपोषण तथा विकासमा सदुपयोग गरिने बताइएको छ ।

सम्बन्धित् समाचार