गृहपृष्ठ खबर बाणगंगा बहुमुखी क्याम्पस लौगाईको पाचौँ क्याम्पस सभा सम्पन्न

बाणगंगा बहुमुखी क्याम्पस लौगाईको पाचौँ क्याम्पस सभा सम्पन्न

वैखरी अनलाइन, बाणगंगा ।
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर ८ लौगाईमा रहेको बाणगंगा बहुमुखी क्याम्पसको पाचौँ क्याम्पस सभा सम्पन्न भएको छ ।  बिहिबार क्याम्पस परिसरमा बाणगंगा बहुमुखी क्याम्पस लौगाइको क्याम्पस सभा सम्पन्न भएको छ ।

 

संबिधान सभा सदस्य अत्तहर कमाल मुसलमाको प्रमुख आथित्यतामा भएको सभामा बोल्दै मुसलमानले क्यापसले कपिलवस्तु जिल्लाको शिक्षाको क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्दै बहुमुखी क्याम्पसको शिक्षा क्षेत्रको बिकास र भौतिक बिकासका लागी आफुले सम्बन्धीत पक्षसगं पहल गर्ने बताएका थिए । साथै यस बिद्यालयको उच्च माध्यमिक तहमा स्थापनाको सुरुवाती समेत आफुपनि यसै क्याम्पसको शिक्षक रहेको स्मरण गर्दै देश बिकासमा क्याम्पसले दक्ष जनशक्ति उत्पादन गर्न सफल भएकोमा खुशी ब्यक्त गरेका छन ।


त्यस्तै बिशिष्ठ अथिति रहेका बाणगंगा नगरपालिका प्रमुख चक्रपाणी अर्यालले बाणगंगामा गुणस्तरीय शिक्षा प्रदान गर्न क्याम्पस सक्षम रहेको बताउदै यसको बिकासका लागी आफु र नगर प्रतिबद्ध रहेको बताए ।

सभामा बाणगंगा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डिबि रेश्मीले क्याम्पसको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रमुख रेश्मीले क्याम्पसले गरेका बार्षिक गतिविधि, उपलब्धी र भावी योजनाका बिषयमा प्रतिवेदन प्रस्तुत गरेका हुन ।

सभा क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष काशिराम बेल्बासेको अध्यक्षता , प्रध्यापक तारा पौडेलको सञ्चालन र क्याम्पस ब्यवस्थापन समितिका सदस्य तथा बाणगंगा माविका प्रार्चाय कुलराज पौडेलको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो ।

 

सम्बन्धित् समाचार