गृहपृष्ठ Featured कर्जा असुली न्यायाधीकरण गठन हुन्छ : मन्त्री अधिकारी

कर्जा असुली न्यायाधीकरण गठन हुन्छ : मन्त्री अधिकारी

काठमाडौँ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि केही दिनमै कर्जा असुली न्यायधीकरण गठन हुने बताएका छन् ।

मन्त्रालयले सय दिनमा गरेका कामका उपलब्धिबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले सहकारी नियमन गर्ने निकाय कात्तिक महिनामै गठन गरिने प्रतिबद्धता जनाए।

सहकारीको तरलताको समस्या समाधानका लागि बचत तथा ऋण सहकारी संस्थासम्बन्धी स्थिरीकरण कोष स्थापना तथा सञ्चालन कार्यविधि, २०७६ संशोधन गरी कार्यान्वयनमा ल्याइएको उनले जानकारी दिए।

सम्बन्धित् समाचार