गृहपृष्ठ Featured कपिलवस्तु जिल्ला फुटवल संघका सचिव आचार्यले पदबाट दिए राजिनामा

कपिलवस्तु जिल्ला फुटवल संघका सचिव आचार्यले पदबाट दिए राजिनामा

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तु जिल्ला फुटवल संघ कपिलवस्तुका सचिव गोविन्द प्रसाद आचार्यले पदबाट राजिनामा दिएका छन् । आचार्यले एक राजिनामा पत्रमार्फत आफुले राजिनामा दिएको जानकारी गराएका हुन् ।

आचार्यले पछिल्लो समयमा कपिलवस्तु फुटवल संघको नेतृत्वले संस्थामाथि नै आच आउने गरी एकल निर्णयहरु गर्ने तथा सिंगो संस्थालाई नै आफ्नै एकल प्राईभेट कम्पनि सरह मानि काम गरेको आरोप लगाएका छन् । उनले संस्थाको नियम र कानुन भन्दा वाहिर गएर विभिन्न गतिविधिहरु संचालन गदै आईरहेकोले राजिनामा दिएका बताएका छन् ।

‘उपरोक्त विषय सम्वन्धमा कपिलवस्तु जिल्ला फुटवल संघ कपिलवस्तुको सचिव जस्तो गरीमामय पदमा रहेर लामो समय सम्म संस्थाको हितका लागी संस्थाको गरिमालाई उच्च स्थानमा पुर्याउन लागि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा काम गर्दै आईरहेको रहेको कुरा सप्रमाण कार्यसमिति तथा आमजनमानसमा सहर्ष जानकारी नै छ । हामिलाई थाहा छ कुनै पनि संस्था र संस्थाको आ–आफ्नो किसिमको नियम र कानुनहरु रहेका हुन्छन् र उक्त नियम र नेपाल सरकारको कानुनको मातहतमा रहेर आफ्ना क्रियाकलापहरु गर्ने र गराउने साथै संस्थाका अतिरिक्त क्रियाकलाप हरुलाई नियम र कानुनको परिधीभित्र रहेर संस्थाको गरिमालाई उच्च राख्नका लागी सदैव तत्पर रहदै गर्नुपर्ने हुन्छ । तर पछिल्लो समयमा कपिलवस्तु फुटवल संघको नेतृत्वले संस्थामाथि नै आच आउने गरी एकल निर्णयहरु गर्ने तथा सिंगो संस्थालाई नै आफ्नै एकल प्राईभेट कम्पनि सरह मानि काम गर्ने र संस्थाको नियम र कानुन भन्दा वाहिर गएर विभिन्न गतिविधिहरु संचालन गदै आईरहेकोले उक्त प्राईभेट कम्पनि जस्तो संस्थामा रहेर नियम र कानुनभन्दा बाहिर गएर त्यस्ता नेतृत्वसंग रहेर काम गर्न नसक्ने कुराको जानकारी गराउदै आजका मितिदेखि मेरो उक्त संस्थामा कुनै पनि जिम्मेवारी नरहने गरी मेरो पद वाट राजिनामा दिइएको कुराको जानकारी गराउदछु,’ उक्त राजिनामा पत्रमा भनिएको छ ।

सम्बन्धित् समाचार