पाल्पा ।
सिद्धार्थ राजमार्गअन्तर्गत बर्तुङ–राम्दी सडकखण्डमा ट्रकले ट्रकलाई ठक्कर दिँदा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।
पाल्पाको रम्भा गाउँपालिका–३, पिपलडाँडा अगाहाखोलास्थित सिद्धार्थ राजमार्गमा बुटवलबाट पोखरातर्फ जाँदै गरेको लु १ ख ९३५१ नम्बरको ट्रक अचानक अनियन्त्रित भई सोही दिशा जाँदै गरेको ना १ क ७१२१ नम्बरको ट्रकलाई पछाडिबाट ठक्कर दिएको हो ।
ठक्करबाट ब्रेक फेल भएर दुर्घटनामा परेको लु १ ख ९३५१ नम्बरको ट्रकका चालक रम्भा गाउँपालिका–३, पिपलडाँडाका २३ वर्षीय भुवनसिंह रानाको मृत्यु भएको हो ।
आफैंले चलाएको ट्रकमा दाहिने खुट्टा च्यापिएर घाइते भएका रानालाई उद्धार गरीलुम्बिनी मेडिकल कलेज प्रभासमा पठाएकामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डीएसपी सुनील मल्लले जानकारी दिए ।
ना १ क ७१२१ नम्बरको ट्रकका सह–चलक स्याङ्जाको वालिङ नगरपालिका–१० का २१ वर्षीय सन्जित खवास थापा घाइते भएका छन् । सवारी दुर्घटनासम्बन्धी थप अनुसन्धान कार्य भइरहेको मल्लले जानकारी दिए ।








