गृहपृष्ठ Featured बर्दियाको विभिन्न नाकाबाट एक लाख बढीको पटका बरामद

बर्दियाको विभिन्न नाकाबाट एक लाख बढीको पटका बरामद

बर्दिया ।

सशस्त्र प्रहरी बल, ३१ नम्बर गण, बर्दियाले प्रतिबन्धित पटाका बर्दियाको विभिन्न नाकाबाट बरामद गरेको छ । करिब १ लाख ३० हजार मूल्य बराबरको रकेट, भुई चम्पा, सुतली बम लगायतका पटाका रहेका छन् ।

भारतबाट भित्राइएका ती पटाकालाई बिहीबार उक्त गणमा सञ्चारकर्मी र नेपाल प्रहरीको रोहवरमा नष्ट गरिएको छ । गणपति चित्रांगत दाहालले गणको हाता भित्र खाडल खनेर नष्ट गरिएको जनाएका छन् ।

सशस्त्र प्रहरी बलले सिमामा कडाई गरेपनि चोरी नाका हुँदै प्रतिबन्धित पटाका जिल्लाका विभिन्न नाकाबाट भित्रिएको छ ।

सम्बन्धित् समाचार