गृहपृष्ठ Featured थाई एयर एसियाको उडान भैरहवामा धेरै उडान गर्ने शर्तमा फुकुवा

थाई एयर एसियाको उडान भैरहवामा धेरै उडान गर्ने शर्तमा फुकुवा

काठमाडौंको तुलनामा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट धेरै उडान गर्ने सर्तमा थाई एयर एसियाको उडान फुकुवा गरिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्नो उडान अनुमति सकिएको अवस्थामा जबर्जस्ती जहाज नेपाल ल्याएर आएसँगै सो कम्पनीलाई थप उडानमा रोक लगाएको थियो ।

थाई एयर एसियाले यसअघि प्राधिकरणसँग भैरहवामा चार र काठमाडौंमा तीन उडान गर्ने प्रतिवद्धता जनाएको थियो । सोही अनुसार उडान गर्ने शर्तमा सो कम्पनीमाथिको प्रतिवन्ध फुकुवा गरिएको प्राधिकरणका उपमहानिर्देशक तथा प्रवक्ता हंसराज पाण्डेले जानकारी दिए ।

यो कम्पनीले आगामी १८ नोभेम्बरबाट भैरहवामा उडान थाल्ने बताएको छ ।

सम्बन्धित् समाचार