गृहपृष्ठ Featured बुटवलको मुख्य सडक राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक निर्माण सुरू

बुटवलको मुख्य सडक राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक निर्माण सुरू

बुटवलको मुख्य सडक राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक निर्माणको काम सुरु भएको छ । सडक निर्माणको जिम्मा पाएको बावुल दर्शन मालिका जेभी भैरहवाले मंगलबारदेखि सडक निर्माणको काम सुरु गरेको हो ।

बावुल दर्शन मालिका जेभी भैरहवाका को-ओनर टउफिक रहमान खानले दिउँसो र राती गरि सडक निर्माणको काम दुई सिफ्टमा गर्ने बताए । छठ पर्वपछि जनशक्ति पनि थप गरी तीव्र गतिमा निर्माण गर्नेछौं’, उनले भने,‘आजदेखि हामीले इलाका प्रशासन कार्यालय नजिकबाट निर्माणको काम सुरु गरेका छौँ ।

सुरुमा खाली रहेको ठाउँमा निर्माणको काम गर्ने र त्यसपछि अन्य ठाउँको काम गर्ने उनले बताए । सडक निर्माण गर्दा धुलो हुने भएकाले धुलो उड्न नदिनका लागि पानी राख्ने खानले बताए ।

सम्बन्धित् समाचार