गृहपृष्ठ Featured बाँकेमा १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ

बाँकेमा १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ

बाँकेमा १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन्।

कोहलपुर नगरपालिका-२ बर्दहवाका २४ वर्षीय संदिपकुमार थारू पक्राउ परेका हुन्।

उनलाई कौशिलानगर र इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले मंगलबार राति पक्राउ गरेको हो।

उनले १७ वर्षीया किशोरीलाई कात्तिक १९ गते बलात्कार गरेको उजुरी छ। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

सम्बन्धित् समाचार