वैखरी अनलाइन, बाणगंगा ।
कपिलवस्तु उद्योग बाणिज्य संघको आयोजनामा यही मंसिर १९ गतेदेखि पुष २ गतेसम्म हुने १५ औँ कपिलवस्तु महोत्सवमा १३ औँ कपिलवस्तु डान्स आईडल हुने भएको छ ।
जिल्लामा नृत्यमा रुचि राख्नेहरुकाबीच प्रतिस्पर्धा गराउने उद्देश्यले १३ औँ कपिलवस्तु डान्स आइडलको आयोजना गर्न लागिएको हो ।
डान्स आइडलको संयोजकको जिम्मेवारी विष्णु मल्ल भट्टराईलाई प्रदान गरिएको छ ।
नृत्युमा रुझान भएकाहरुका लागि आफ्नो प्रतिभा देखाउने डान्स आईडल एक महत्वपूर्ण प्याटफर्म भएको संयोजक मल्लले बताईन् । उनले आईडलमा प्रतियोगी छनोटको प्रक्रिया केही दिनमै सुरु गर्ने तयारी रहेको समेत बताईन् ।
नृत्युप्रति रुचि भएकाहरुले कपिलवस्तु उद्योग बाणिज्य संघको कार्यालय चारनम्बरमा सम्पर्क गर्न सक्नेछन् ।
१५ औँ कपिलवस्तु महोत्सव बाणगंगा नगरपालिकाको चारनम्बरमा अवस्थित बुद्धरंगशालामा हुदैं छ ।








