गृहपृष्ठ Featured आजदेखि २५औं संस्करणको रूपन्देही सुपरलिग हुने

आजदेखि २५औं संस्करणको रूपन्देही सुपरलिग हुने

रुपन्देही ।

२५औं संस्करणको रुपन्देही सुपरलिग आजदेखि हुने भएको छ । मुलुकमै जिल्लास्तरमा ५० ओभरको लिग रुपन्देहीमा मात्रै आयोजना हुँदै आएको छ ।

२४ वटा संस्करण सफलतापूर्वक सम्पन्न गरेको रुपन्देही क्रिकेट संघको आयोजनामा शनिबारदेखि २५औं संस्करण हुन लागेको आयोजकले शुक्रबार भैरहवामा पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिइएकाे थियाे ।

संघका सचिव संजय गुरुङले २०५३ सालदेखि सुपरलिग आयोजना हुँदै आएको बताए । बीचमा ३ वर्ष लिग संचालन हुन नसके पनि अन्य वर्षहरुमा नियमित हुँदै आएको छ । यसपटक नेपाल सुपरलिगका कारण दुईचरणमा रुपन्देही सुपरलिग हुनेछ । पहिलो चरणमा कार्तिक २४ देखि मंसिर १२ गतेसम्म ‘बी’ डिभिजनका खेलहरु हुनेछन् भने ‘ए’ डिभिजनका खेलहरु नेपाल सुपरलिग पछि आयोजना हुनेछ ।

सुपरलिगमा रुपन्देहीका ‘ए’ डिभिजनका ८ र ‘बी’ डिभिजनका १२ गरी २० टिम सहभागी हुनेछन् । प्रतियोगिताको विजेता टिमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

सम्बन्धित् समाचार