साताको पहिलो कारोबारको दिन आइतबार शेयरबजारमा उछाल आएको छ । बजार मापक परिसूचक नेप्से ६२.५४ अंकले बढेर २७ सय ३८.०६ बिन्दुमा पुगेको छ ।
यसदिन २ सय २८ कम्पनीको शेयर मूल्य वृद्धि हुँदा १३ कम्पनीको मूल्य भने बढेको छ । यस्तै ३ कम्पनीको मूल्य यथावत छ । आज तीनवटा कम्पनीको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि हुँदा सकारात्मक सर्किट लागेको छ ।
यस्तै ६ वटा कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा माथि पुगेको छ । यसदिन सानिमा ग्राेथ फण्डले सबैभन्दा धेरै ६.७६ प्रतिशतले गुमाएको छ ।
आइतबार ९ अर्ब ७७ करोड बराबरको कारोबार भएको छ ।








