गृहपृष्ठ Featured तिहारको भाईटिका लगाउन बुद्धभूमि आएकी राधा अझैसम्म सम्पर्कबिहीन

तिहारको भाईटिका लगाउन बुद्धभूमि आएकी राधा अझैसम्म सम्पर्कबिहीन

तिहारको भाईटिका लगाउन कपिलवस्तुको बुद्धभूमि नगरपालिका- १ बिरपुर माईती घर आएकी राधा विक सम्पर्क विहिन भएकी छिन् । उनी कार्तिक १९ गते विहान ३ बजेदेखि माईती घरबाटै सम्पर्कबिहीन भएकी हुन् ।

२७ बर्षिया राधा गुल्मीको मदाने गाउँपालिका- ३ सिर्सेनी सिम गाउँका भागवत बिककी पत्नी एवं जंगबहादुर विककी छोरी हुन् ।

दशैँ मानेर भारतमा पुगेका उनका पति भागवत बिक श्रीमती बेपत्ता भएको खबर पाउन साथ यतिबेला ससुराली कपिलवस्तु आई पुगेका छन् । २०७२ सालमा बिवाह गरिएकी उनका दुई छोरीहरु छन् ।

अन्दाजी ५ फिट उचाई, गहुँगोरी वर्ण भएकी उनलाई देख्नु भेट्नु हुने महानुभावले नजिकको प्रहरी चौकी वा उनका बाबुको मोवाईल नम्वर ९८६११९८७६४ वा श्रीमानको ९८६७००३४४७ नम्बरमा फोन गरेर सुचित गर्न परिवारले आग्रह गरेका छन् ।

सम्बन्धित् समाचार