गृहपृष्ठ Featured भैरहवामा एक सातादेखि कुहिरो र हुस्सुले उडान प्रभावित

भैरहवामा एक सातादेखि कुहिरो र हुस्सुले उडान प्रभावित

भैरहवा ।

एक सातादेखि रुपन्देही र आसपास बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि हवाई उडान प्रभावित हुन थालेका छन् ।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र बाह्य उडानको संख्या बढिरहेका बेला खराब मौसमले प्रभावित तुल्याएको छ ।

एकसातादेखि भैरहवाबाट काठमाडौं र पोखराका लागि हुने उडान प्रभावित भएका छन् । बाक्लो कुहिरो लाग्न थालेपछि बिहानको समयमा हुने अन्तर्राष्ट्रिय उडानसमेत प्रभावित छन् ।

बिहीबार बिहान यहाँको विमानस्थल नखुलेर ‘भिजिबिलिटी’ अपुग भएपछि थाइल्यान्डबाट आएको थाइ एयर एसियाको विमान एक घण्टा आकाशमा फन्को मारेर काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । त्यस्तै बिहान उडान तालिका भएको कुवेतको जजिरा एयरवेजको जहाज अवतरण गर्न नसकेर काठमाडौं फर्किएको विमानस्थलले जनाएको छ ।

सम्बन्धित् समाचार