गृहपृष्ठ Featured बाणगंगामा सवारी साधानको ठक्करबाट एक महिला घाईते, गाडी फरार

बाणगंगामा सवारी साधानको ठक्करबाट एक महिला घाईते, गाडी फरार

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तुको बाणगंगा नगरपालिका- ७ कोईली वनगाईमा सवारी साधानको ठक्करबाट एक महिला घाईते भएकी छिन् ।

ठक्करबाट बाणगंगा नगरपालिका- ८ बनडौली निवासी ४१ बर्षीया मिना थारु घाईते भएकी हुन् । घाईते थारुको बुटवलमा उपचार भईरहेको र अवस्था मध्यम रहेको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

प्रहरीले सवारी साधान फरार रहेको र खोजी कार्य जारी रहेको जनाएको छ ।

शुक्रबार राति करिब ११ बजे भएको यस घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार