गृहपृष्ठ Featured शुद्धोधन- १ उपनिर्वाचन : राप्रपाको सम्पर्क कार्यालयको स्थापना

शुद्धोधन- १ उपनिर्वाचन : राप्रपाको सम्पर्क कार्यालयको स्थापना

कपिलवस्तु ।

कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं.१ मा मंसिर १६ गते हुने उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सम्पर्क कार्यालयको स्थापना गरेको छ । शनिवार एक कार्यक्रमका सम्पर्क कार्यालयको राप्रपाका उपाध्यक्ष तथा पुर्व कानुनमन्त्री ध्रुव बहादुर प्रधानले उद्घाटन गरेका हुन् ।

शुद्धोधन गाउँपालिकाको सोहसामा उक्त चुनाव प्रचार प्रसार तथा सम्पर्क कार्यालयको उद्घाटन गरिएको हो ।

उपाध्यक्ष प्रधानले यस क्षेत्रका जनताका लागि उपनिर्वाचन एक सक्षम, सबल नेतृत्व छनोट गर्ने अवसर भएको बताए । त्यसका लागि राप्रपाका उम्मेदवारलाई मतदान गरेर गर्न आवश्यक रहेको उनले बताए । भ्रष्टचार, महङ्गी, कुशासनका विरुद्ध जनताले भोटबाटै बदला लिनुपर्ने उनको भनाई छ ।

राप्रपाका केन्द्रिय सदस्य ध्रुव बहादुर रायमाझीले यस शुद्धोधनको वडा नं.१ मा सुशासन र पारदर्शीता कायम गर्न राप्रपाका उम्मेदवारले जित्नुपर्ने बताए । ठुला दलहरुले चुनावमा जस्ता नारा दिएपनि व्यवहारमा कार्यान्वयन शुन्य रहेको बताए । ठुला राजनितिक दलहरु आफ्नै पार्टीका भ्रष्टचारीहरुलाई जोगाउन लागि मरिहत्ते गर्ने गरेको उनको आरोप छ ।

भ्रष्टचार विरुद्धको राप्रपाको अभियानलाई साथ दिन आह्वान गर्दै रायमाझिले यो उपनिर्वाचनमा राप्रपाको विजय जनताले चाहेको बताए ।

कार्यक्रममा राप्रपाका प्रदेश सदस्य कनिज रगरेज फतेहमा, राप्रपाका जिल्ला अध्यक्ष नारायण बहादुर सिङ, उपाध्यक्ष ईदिर्स मुसलमान, चन्द्र भन्डारि, सचिव प्रेम शंकर सुक्ला, प्रवक्ता भुमिराज गिरि लगायतले आआफ्नो भनाई राखेका थिए ।

राप्रपाले शुद्धोधन गाउँपालिका वडा नं. १ को अध्यक्षमा ईन्तियाज अहमदलाई उम्मेदवार बनाएको छ ।

सम्बन्धित् समाचार