गृहपृष्ठ Featured १३औं कपिलवस्तु डान्स आईडल : यसपटक डिजिटल अडिसन समेत

१३औं कपिलवस्तु डान्स आईडल : यसपटक डिजिटल अडिसन समेत

वैखरी अनलाईन, बाणगंगा ।

१५ औँ कपिलवस्तु महोत्सवको मुख्य आकर्षणका रुपमा रहेको १३ औं कपिलवस्तु डान्स आईडल अन्तर्गत डिजिटल अडिसन समेत हुने भएको छ । कपिलवस्तु महोत्सवकै ईतिहासमा पहिलो पटक डिजिटल अडिसन हुने भएको हो ।

यही मंसिर ८ गतेदेखि भौतिक रुपमै अडिसन सुरु हुने जानकारी दिदैं डान्स आईडल संयोजक विष्णु मल्लले अडिसनमा केही नयाँ अभ्यास गर्न डिजिटल अडिसनको व्यवस्था समेत रहेको बताईन् । उनले डिजिटल अडिसनका लागि कम्तिमा २ मिनेटको भिडियो बनाएर ९८०१३५५५२२ मा ह्वाटसप गर्न सकिने बताईन् ।

जजहरुले भिडियो हेरेर आवश्यक प्रतिक्रिया दिने र डिजिटल अडिसनमा छनोट भएकाहरुलाई भौतिक अडिसनका लागि बोलाईने उनले बताईन् । यही मंसिर ८ गते कपिलवस्तु उद्योग बाणिज्य संघको कार्यालय चारनम्बरमा भौतिक अडिसन हुने लागेको उनले जानकारी दिईन् । उनले नृत्यप्रति रुचि राख्ने सबैलाई अडिसनमा सहभागी हुन अपिल समेत गरेकी छिन् ।

आईडलको विजेताले १ लाख ११ हजार १११ रुपैयाँसहित चाँदीको ट्रफी र विभिन्न गिप्ट ह्याम्परहरु प्राप्त गर्ने छ भने उपविजेताले ७७ हजार ७७७, तृतीयले ५५ हजार ५५५ र सान्तवना हुने २५ हजार ५२५ रुपैयाँसहित ट्रफी र विभिन्न गिप्ट ह्याम्परहरु प्राप्त गर्ने छन् ।

१५ औँ कपिलवस्तु महोत्सव कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनी कपिलवस्तु उद्योग बाणिज्य संघको आयोजनामा यही मंसिर १९ गतेदेखि पुष २ गतेसम्म बाणगंगाको बुद्धरंगशालामा हुदैंछ ।

सम्बन्धित् समाचार