बुद्धभूमि, वैखरी अनलाईन ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा आर्थिक बर्ष २०८१/०८२ को प्रथम चौमासिकसम्म २५ वटा उजुरी परेका छन् । जसमध्ये ५ वटा उजुरी फच्र्यौट भईसकेको र २५ वटा उजुरी फच्र्यौट हुन बाँकी रहेको न्यायिक समितिकी संयोजक समेत रहेकी उपप्रमुख मिरा थारुले वैखरीलाई जानकारी दिईन् ।
न्यायिक समितिको सचिवालयको न्यायिक प्रतिवेदन अनुसार वडा नं.१ र २ बाट ५/५ वटा, वडा नं.३, ४, ५, ६, ७ बाट २/२ वटा, वडा नं.८ बाट १ वटा र वडा नं.१० बाट ४ वटा उजुरी परेका छन् ।
उपप्रमुख थारुले न्यायिक समितिमा प्राप्त उजुरीउपर काम गरि फच्र्यौट गर्ने दिशातर्फ आफुहरु लागेको बताईन् । उनले न्यायिक समितिलाई न्यायको मन्दिरको रुपमा स्थापित गर्न आफु लागेको जिकीर गरिन् ।
उनले हालसम्म न्याय सम्पादनका क्रममा कुनै विवादित काम नगरेको बताईन् । उनले न्यायिक समितिले स्वच्छ र निष्पक्ष रुपमा कामकारबाही अगाडि बढाउदैं आएको दाबी गरिन् । उपप्रमुख थारुले कहीकतै अन्याय साहेर न्याय नपाएका नगरवासीलाई न्यायका लागि आफुलाई सम्पर्क गर्न समेत आह्वान गरिन् ।








