गृहपृष्ठ Featured लुम्बिनीमा निर्धक्क भएर लगानी गर्नुस् : मुख्यमन्त्री आचार्य

लुम्बिनीमा निर्धक्क भएर लगानी गर्नुस् : मुख्यमन्त्री आचार्य

बुटवल।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले रुपन्देहीको तिलोत्तमामा सुरु भएको दोस्रो व्यापार महोत्सवको उद्घाटन गरेका छन्।

महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशमा उद्योग तथा व्यापार व्यवसायको राम्रो सम्भावना भएकाले निर्धक्क भएर लगानी गर्न आग्रह गरे।

पछिल्लो समय आर्थिक अवस्था सुधार हुन थालेको, उद्योग, व्यवसायको क्षेत्रमा सकारात्मक प्रभावहरु देखिन थालेको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले तीन तहका सरकारले लगानी मैत्री वातावरण बनाउने नीति अवलम्बन गरेकाले ढुक्क भएर लगानी गर्न उद्योगी, व्यवसायीहरुमा आग्रह गरेका हुन्।

लुम्बिनी प्रदेशको विकास र समृद्धिको आधार उद्योग, व्यसाय, कृषि र पर्यटन भएकाले यी क्षेत्रमा लगानी जरुरी रहेको बताए। ‘राज्यले वातावरण बनाउछ, लगानीकर्ताहरुले निर्धक्क भएर लगानी गर्नुस्,’ उनले भने, ‘सरकारले व्यवसायीहरुको संरक्षण र सम्बर्द्धन गर्छ, उद्योग, व्यवसाय, पर्यटन, कृषि, पूर्वाधार विकास हाम्रा प्राथमिकता हुन्।’

सम्बन्धित् समाचार