बुटवल ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कामलाई गति प्रदान गर्ने बारेमा आयोजना कार्यान्वयन सम्बद्ध पक्षसँग छलफल गरेका छन् ।
भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजना साइड कार्यालय हात्तिखाल सुर्खेतमा आज छलफल गरेको मुख्य मन्त्रीका प्रेस सल्लाहकार दशरथ घिमिरेले बताए ।
मुख्यमन्त्री आचार्यले आयोजनाको कामलाई गति प्रदान गर्न आवश्यक रहेको र त्यसतर्फ जुट्न ध्यानाकर्षण गराएका छन्। उनले आयोजनाको काम सुस्ताएको उल्लेख्य गर्दै आयोजनाको कामलाई गति दिन निर्देशन दिए ।
उनले भने– ‘यस्तो महत्त्वपूर्ण आयोजना ढिलाइ गर्न मिल्दैन, सक्दो छिटो गर्नुपर्छ ।’ उनले आयोजनाको काम सञ्चालन गर्दा मानव बस्ती सुरक्षित हुने गरी गर्नुपर्ने बताउँदै नदी कटान र विपद् जोखिम न्यूनीकरण गरेर काम गर्न अनुरोध समेत गरे।