गृहपृष्ठ Featured बुटवलमा बुधबारदेखि मदन भण्डारी रनिङ शिल्ड हुदैं

बुटवलमा बुधबारदेखि मदन भण्डारी रनिङ शिल्ड हुदैं

बुटवल ।

बुटवलमा बुधबारदेखि मदन भण्डारी गोल्ड कप इन्डो नेपाल रनिङ सिल्ड पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको मंगलबार बुटवलमा पत्रकार सम्मेलन गर्दै ट्रफी सार्वजनिक गरिएको हो ।

एमालेका पोलिटब्युरो सदस्य एवं लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लीला गिरीले ट्रफी सार्वजनिक गरेका हुन् । खेल पर्यटनलाई पनि प्राथमिकता दिएर आयोजना गरिएको प्रतियोगिताको ट्रफीमा बुद्धको जन्मस्थल लुम्बिनी, लुम्बिनीको अशोक स्तम्भ र मायादेवी मन्दिरको आकृति राखिएको छ । ‘यो ट्रफीले खेलसँगै पर्यटन प्रवर्द्धन र विश्वमा लुम्बिनीलाई चिनाउन पनि सहयोग पुग्नेछ,’ प्रदेशका पूर्वमुख्यमन्त्री गिरीले भने, ‘खेल भनेको अनुशासन सिकाउने र नयाँ प्रतिभा जन्माउने विधा हो ।’

७ लाख रुपैयाँ राशि पहिलो पुरस्कार रहेको प्रतियोगिताको बुधबार प्रधानमन्त्री एवं मदन भण्डारी स्पोर्ट्स एकेडेमीका संरक्षक केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् । प्रतियोगितामा विभागीय टिमसहित नेपाल र भारतका ८ टिमको सहभागिता रहने एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले बताए । ‘आयोजनाको सबै तयारी पूरा गरेर ट्रफी सार्वजनिक गरेका हौं,’ उनले भने, ‘प्रतियोगितामा विजेताले ७ लाख, उपविजेताले ३ लाख ५० हजार, तेस्रोले १ लाख ७५ हजार, चौथोले १ लाख पुरस्कार, सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।’

उत्कृष्ट खेलाडीलाई २५ हजार र विधागत पुरस्कारतर्फ १० हजार रुपैयाँ रहेको उनले बताए ।

सम्बन्धित् समाचार