गृहपृष्ठ Featured कारबाओ कप : पहिलो सेमिफाइनलमा आर्सनल पराजित

कारबाओ कप : पहिलो सेमिफाइनलमा आर्सनल पराजित

इङ्लिस फुटबल लिग (कारबाओ) कपअन्तर्गतको सेमिफाइनलको पहिलो खेलमा आर्सनल पराजित भएको छ । घरेलु मैदानमा आर्सनललाई न्युक्यासल युनाइटेडसँग २-० ले पराजित गरेपछि अब फाइनल पुग्न आर्सनललाई कठिन संघर्ष गर्नुपर्ने देखिएको छ ।

इमिरेट्स रंगशालामा भएको खेलमा न्युक्यासललाई जित दिलाउन एलेक्सजेन्डर इसाक र एन्थोनी गोर्डनले गोल गरे ।

युनाईटेडको लागि खेलको ३७औँ मिनेटमा इसाकले गोल गर्दै टिमलाई पहिलो अग्रता दिलाए ।

खेलको ५७औँ मिनेटमा गोर्डनले गोल गर्दै न्युक्यासललाई जित दिलाए । अब दोस्रो लेग न्युक्यासलको घरेलु मैदान सेन्ट जेम्स पार्कमा फेब्रुअरी ५ मा हुनेछ ।

सम्बन्धित् समाचार