गृहपृष्ठ Featured गुल्मीमा सामुदायिक विद्यालयमै ‘लघु संग्रहालय’ स्थापना

गुल्मीमा सामुदायिक विद्यालयमै ‘लघु संग्रहालय’ स्थापना

२४ पुस, गुल्मी ।

सदरमुकाम तम्घासमा रहेको सिद्धबाबा माध्यमिक विद्यालयले ‘लघु संग्रहालय’ स्थापना गरेको छ । विद्यार्थीलाई लोपोन्मुख वस्तुको जानकारी दिने उद्देश्यले विद्यालयमा ‘लघु संग्रहालय’ स्थापना गरिएको विद्यालयका प्रधानाध्यापक डोरविक्रम श्रीसले बताए ।

विद्यार्थीहरुलाई पढाइसँगै प्राचीन समयमा प्रयोग भएका सामग्रीहरुको बारेमा पनि जानकारी दिने उद्देश्यले लघु संग्रहालय स्थापना गरिएको हो । ‘हाम्रा पूर्खाहरुले प्रयोग गरेका वस्तुहरुको संग्रह गरेर अहिले प्रयोगमा नभएका वस्तु बारेमा जानकारी गराउने उद्देश्यले यस्तो खालको संग्रहालय स्थापना गरिएको हो’, उनले भने ।

संग्रहालयमा विभिन्न क्रियाकलापका तस्वीरहरु, विद्यार्थीले निर्माण गरेका हस्तकलाका सामग्रीहरु, विद्यालयका ऐतिहासिक तस्वीरहरु, गाउँघरमा काठबाट बनेका सामग्रीहरु राखिएको विद्यालयका शिक्षक टीका खड्काले बताए ।

सम्बन्धित् समाचार