वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिका- ६ लक्ष्मणघाटमा घरबाटै स्कुटर चोरी भएको छ । बुधबार साँझ करिब ७ बजे लुम्बिनी प्रदेश ०१००२ प ५७०० नम्बरको स्कुटर घरबाटै चोरी भएको हो ।
पछिल्लो केही दिनयता बाणगंगा नगरपालिका क्षेत्रमा मोटरसाईकल, स्कुटर चोरीका घटनाहरु बढेका छन् ।
ईलाका प्रहरी कार्यालय पिपराले चोरीका घटनाहरु बढेकाले सबैलाई सचेत रहन अपिल गरेको छ । बाहिर जादाँ छिमेकीलाई अनिवार्य जानकारी गराएर मात्र जान प्रहरीको अनुरोध छ ।








