गृहपृष्ठ Featured माछा बजारीकरणका लागि सियारी गाउँपालिकाद्धारा १८ वटा डिप फ्रिज सहयोग

माछा बजारीकरणका लागि सियारी गाउँपालिकाद्धारा १८ वटा डिप फ्रिज सहयोग

रुपन्देहीको सियारी गाउँपालिकाले स्थानीय जलदेवी मत्स्य सहकारी संस्थालाई डिफ्रिज सहयोग गरेको छ । तत्कालीन छपिया बजार (माछाको सुपर जोन)मा पाइने माछाको बजारीकरण र प्रवर्द्धनमा टेवा पुर्‍याउन भन्दै गाउँपालिका र प्रकोप व्यवस्थापन केन्द्र (सीडीएम) नेपालले संयुक्त  रूपमा १८ वटा डिप फ्रिज सहयोग गरेका हुन् ।

छपियाको माछाले नेपालमै ख्याति कमाए पनि फ्रिज अभावका कारण बजारीकरणमा समस्या झेल्नु परेको गुनासोलाई सम्बोधन गर्नै पालिकाले फ्रिज हस्तान्त्रण गरिएको पालिका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए ।

 

पालिकाले आर्थिक वर्ष २०८१/८२ को बजेटबाट १० वटा फ्रिज उपलब्ध गराएको हो भने सिीडीएम नेपालले ८ वटा गरी ८ लाख रुपैयाँको १८ वटा फ्रिज हस्तान्तरण गरेको उनले बताए ।

फ्रिज उपलब्ध भएपछि सहकारीले माछाको बजारीकरणमा सहज हुने जनाएको छ । सहकारीका अध्यक्ष थम्मन पौडेलले उपलब्ध भएका फ्रिजलाई बुटवल, भैरहवा, पाल्पा र स्याङ्जाका विभिन्न स्थानमा पुर्‍याएर छपियाको माछा हरेक बजारमा उपलब्ध गराउन सकिने जनाए ।

सम्बन्धित् समाचार