कपिलवस्तु बाणगंगा नगरपालिका वडा नः ५ बस्ने गोले थारु अहिले ७० बर्षका भए । बिहान ५ बजे उठेर नुहाई धुवाई पछि पुजा पाठ गरेर उनको दिनचर्या सुरु हुन्छ । अनी आफैले खाना बनाएर ९ बजे उनी गाउघरमा तरकारी खरिद गर्न हिड्छन । गाउघरमा तरकारी पाइएन भने उनी तरकारी खरिदका लागी साइकलमै १८ किलोमिटर दक्षिण तौलीहवा पुग्छन ।
तिन छोरा, दुई छोरी र एक श्रीमति रहेका थारु दैनिक करिव २५÷२६ किलोमिटर हिडेर खरिद गरेको तरकारी बिक्रिका लागी साइकलमा हिडछन । उनी बाणगंगाको कोपवा, बोडगाउ, बनगाई गजेहडा, चार नम्बर जितपुर, बैरीया हुदै पिपरासम्म तरकारी बिक्रिका लागी हिडछन ।
७० बर्षे उनी घरमा बसेर दिन काट्न गाह्रो हुने बताउदै २० बर्षबाट यसरीनै तरकारी बेचबिखन गर्दै आएको बताउछन । यसरी उनले दैनिक रुपमा हाल रु ३ सय देखि ५ सयसम्म बचत गर्दै आएका छन । वैखरीका प्रधान सम्पादक अशोक पौडेलले गोले थारुसगं गरेको तलको भिडियोमा हेर्न सकिन्छ ।








