गृहपृष्ठ Featured कपिलवस्तुको बाणगंगाबाट खोरखोरे खेल्दै गरेका १२ जना ३ लाख बढि रकमसहित पक्राउ

कपिलवस्तुको बाणगंगाबाट खोरखोरे खेल्दै गरेका १२ जना ३ लाख बढि रकमसहित पक्राउ

वैखरी अनलाइन, बाणगंगा ।

कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. १०,गोगापुरमा लंगुरबुर्जा (खोरखोरे) खेल्दै गरेका १२ जना व्यक्ति नगद सहित पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय पिपराले गोप्य सूचनाको आधारमा माघ २८ गते विशेष अपरेशन चलाएर उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूबाट  ३ लाख १५ हजार १ सय ८० रुपैया नगद सहित ९ वटा खोरखोरे खेलाउने गोटी र बुर्जा बरामद गरिएको छ।

 

जुवा खेल भइरहेको भन्ने सूचना पाए पछि इलाका प्रहरी कार्यालय पिपराबाट प्रहरी निरीक्षक लोकेन्द्र जिसी को नेतृत्वमा ७ जनाको प्रहरी टोली परिचालित गरिएको थियो।

टोलीले वाणगंगा-१०, गोगापुर स्थित शिव थारुको घरको आँगनमा जुवा खेलिरहेको अवस्थामा १२ जनालाई नियन्त्रणमा लिएको थियो। पक्राउ परेकाहरूलाई जिल्ला प्रशासन कार्यालय, कपिलवस्तुबाट ७ दिनको म्याद थप लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

पक्राउ पर्ने व्यक्तिहरू कपिलवस्तु र रुपन्देहीका रहेका छन । जसमा कपिलवस्तुको वाणगंगा नगरपालिका १० का बर्ष ३० का राजेश वि.क. ,वाणगंगा नगरपालिका-१० का बर्ष ४० का श्रीकृष्ण चौधरी  , शुद्धोधन गाउँपालिका-२ का बर्ष ४० का दिलिप कुमार लोध, रुपन्देही जिल्लाको गैडहवा गाउँपालिका-१ का बर्ष २२ का पशुपती जैसवाल , गैडहवा गाउँपालिका-३ का बर्ष २० का सन्तोष यादव , गैडहवा गाउँपालिका-२ बर्ष २४ का मनोज राजपुत  गैडहवा गाउँपालिका-३ का बर्ष ३० का अर्जुन कलवार , गैडहवा गाउँपालिका-३ का बर्ष ३० का विक्रम क्षेत्री ,लुम्बिनी साँस्कृतिक नगरपालिका-११ का बर्स ४२ का असलम मुसलमान , बुटवल उपमहानगरपालिका-८ का बर्ष ४० का शंकर थापा ,कञ्चन गाउँपालिका-५ का बर्ष ४२ का सर्वजित वि.क. ,  कञ्चन गाउँपालिका-५ बर्ष ३० का चित्र बहादुर राना , रहेका छन ।

उनिहरुलाई जुवा सम्बन्धी कसूरमा अनुसन्धान गरिने प्रहरीले जनाएको छ।

सम्बन्धित् समाचार