गृहपृष्ठ Featured रोहीणी गाउपालिकामा बैठकमै वडाध्यक्षले गरे शिक्षा प्रमुखमाथि हातपात

रोहीणी गाउपालिकामा बैठकमै वडाध्यक्षले गरे शिक्षा प्रमुखमाथि हातपात

बुटवल । रुपन्देहीको रोहिणी गाउँपालिकाको कार्यपालिका बैठकमै वडाध्यक्षले शिक्षा शाखा प्रमुखमाथि  हातपात गरेका छन् । शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख मधुप्रसाद घिमिरेमाथि वडा नं २ का अध्यक्ष करम हुसेन खानले हातपात गरेका हुन् ।

घिमिरेमाथि हातपात भएको कर्मचारीहरूको भनाइ छ । गाउँपालिकामा कार्यरत कर्मचारीहरूले विज्ञप्ति जारी गर्दै दोषीमाथि कारबाही नहुँदासम्म काममा नफर्कने समेत अडान लिएका छन् । 

रोहिणी गाउँपालिका रुपन्देहीको कार्यालयमा कार्यपालिका बैठक सञ्चालन भइरहेको अवस्थामा  घिमिरेमाथि हातपात भएको जनाइएको छ ।

घिमिरेले वडाध्यक्ष खानले हातपात गरेको आरोप  लगाएका छन् । यता वडाध्यक्ष खानसँग रातोपाटीले सम्पर्क गर्न खोज्दा मोबाइल फोन अफ रहेको थियो । घटनालाई लिएर कर्मचारीहरूले अहिले सेवाग्राहीको कामकाज अवरुद्ध पारेका छन् ।

bbbbbbbbbbbbbbb

Nabil bank
Laminar Tiles
Connect IPS

सम्बन्धित् समाचार