गृहपृष्ठ Featured जन्ती पुर्‍याएर फर्किएको बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु

जन्ती पुर्‍याएर फर्किएको बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु

काभ्रे ।

काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका-३ कुण्डोलमा बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमानै मृत्यु भएको छ ।

धादिङ जन्ती पुर्‍याएर फर्कने क्रममा ना४ख ८८१७ नम्बरको बस  सडकबाट २०० मिटर तल खस्दा तेमाल-१ का ५० वर्षीय रामसिंह तामाङको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा बसका चालक मकवानपुरको बागमती गाउँपालिकाका ५० वर्षीय कृष्ण ब्लोन गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रहरी चौकी पचुवारघाटका प्रहरी हवल्दार शम्भु बोहोराले जानकारी दिए ।

प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित् समाचार