गृहपृष्ठ Featured क्रेटमै ३५ रूपैयाँले घट्यो अण्डाको मूल्य

क्रेटमै ३५ रूपैयाँले घट्यो अण्डाको मूल्य

काठमाडौँ — अण्डाको मूल्य क्रेटमा ३५ रूपैयाँले घटेको छ । नेपाल लेयर्स कुखुरापालक संघका अनुसार मिडियम अण्डाको मूल्य क्रेटमा ३५ रूपैयाँले घटेको हो । यो मूल्य शुक्रबारदेखि लागू हुनेछ ।

 

यसअघि मिडियम अण्डाको मूल्य प्रतिक्रेट ३८५ रूपैयाँ थियो । अहिले घटेर ३५० रूपैयाँ पुगेको संघका सचिव मदन पोखरेलले बताए । ठूलो अण्डाको मूल्य प्रतिक्रेट ३० रूपैयाँले घटेको छ । अब उपभोक्ताले प्रतिक्रेट ३७० रूपैयाँ तिर्नुपर्नेछ । यसअघि प्रतिक्रेट ४ सय रूपैयाँ थियो ।

सम्बन्धित् समाचार