गृहपृष्ठ Featured लुम्बिनी प्रदेशमा ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियानको शुभारम्भ

लुम्बिनी प्रदेशमा ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियानको शुभारम्भ

बुटवल ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यसहित लुम्बिनी प्रदेशमा ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान सुरु भएको छ ।

प्रदेश भित्रका १७ वटा विद्यालयबाट अभियानको एकसाथ शुभारम्भ गरिएको हो ।

गत वर्ष एसईईको नतिजा कमजोर आएपछि सुधारका लागि अभियान थालिएको प्रदेश सरकारको भनाई छ । यो अभियानमा सरकारले वजेट विनियोजन गरेको छैन । तर, सामुदायिक विद्यालयमा अध्ययन गरेका पूर्वविद्यार्थी, जनप्रतिनिधि, शिक्षाप्रेमीलाई विद्यालयको शैक्षिक गुणस्तर सुधारमा स्वयंसेवी ढंगले योगदान गर्न उत्प्रेरित गरिने प्रदेश सरकारका प्रवक्ता कृषि मन्त्री दिनेश पन्थीले बताए ।

अभियान अन्तर्गत विद्यालय व्यवस्थापन, सामाजिक जागरुकता, आर्थिक स्रोत परिचालन, भौतिक सुधार तथा शिक्षाको गुणस्तर अभिवृद्धि गर्न विभिन्न गतिविधि सञ्चालन गरिने प्रदेश सरकारका प्रवक्ता कृषिमन्त्री दिनेश पन्थीले बताए ।

यस अभियानअन्तर्गत शिक्षाबाट बञ्चित वर्गलाई मूलधारमा ल्याउन आर्थिक तथा भौतिक सहयोग जुटाइने,विविध शैक्षिक प्रतियोगिता आयोजना, छात्रवृत्ति कोष स्थापना, सूचना प्रविधि सामग्री हस्तान्तरण तथा व्यावसायिक मार्गदर्शन कार्यक्रमहरू सञ्चालन गरिने प्रवक्ता पन्थीले बताए ।

प्रदेशमा ६ हजार तीन सय ४० विद्यालय छन् । जसमध्ये चार हजार पाँचसय ३१ सामुदायिक विद्यालय छन् । यी विद्यालयमा अध्ययनरत १२ लाख ८८ हजार दुई सय ९८ विद्यार्थीमध्ये नौ लाख २५ हजार छ सय २९ जना विद्यार्थी सामुदायिक विद्यालयमा अध्ययनरत छन् ।

माध्यमिक शिक्षा परीक्षाको नतिजाले लुम्बिनी प्रदेशमा सुधारको आवश्यकता देखाए अनुसार अभियान थालिएको हो ।

सम्बन्धित् समाचार