गृहपृष्ठ Featured कपिलवस्तु : महाशिवरात्रीमा गैरकानुनी गतिविधिलाई निस्तेज पार्ने गरि सुरक्षा व्यवस्था कडा !

कपिलवस्तु : महाशिवरात्रीमा गैरकानुनी गतिविधिलाई निस्तेज पार्ने गरि सुरक्षा व्यवस्था कडा !

कपिलवस्तु ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले महाशिवरात्री पर्व मर्यादित तवरले मनाउन अपिल गरेको छ । सोमबार एक सुचना जारी गर्दै प्रशासनले सामाजिक सदभाव खल्बलीने खालका गतिविधी नगर्न र नगराउन अनुरोध गरेको हो ।

‘महाशिवरात्रीको दिन फाल्गुण १४ गते पर्व मनाउने नाममा गाँजा, भाङ लगाएतका लागू पदार्थ मिसाएका खाद्य पदार्थ विक्रि वितरण नगर्न र प्रयोग नगर्न अनुरोध गरिन्छ, साथै मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, हुलदंगा गर्ने, महिलामाथि अभद्र ब्यवहार गर्ने, गरगहना चोरी गर्ने लगाएतका कार्यलाई पूर्ण रुपमा निस्तेज पार्ने गरी सुरक्षा ब्यवस्था मिलाइएको छ,’ उक्त सुचनामा उल्लेख गरिएको छ ।

 

 

सम्बन्धित् समाचार