बाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाका चर्चित कथा वाचक गुरु वेदुराम पोख्रेल राप्रपा प्रवेश गर्नुभएको छ । बाणगंगा नगरपालिका- ७ निवासी पोख्रेलसंगै बाणगंगा- ८ का युवा काठ व्यवसायी युवराज अधिकारी राप्रपा प्रवेश गर्नुभएको हो ।

पोख्रेल र अधिकारी राप्रपाले बुटवलमा आयोजना गरेको आमसभामा पुर्वउपप्रधानमन्त्री तथा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबाट पार्टीको सदस्यता लिई राप्रपाको अभियानमा जोडिएको राप्रपाका केन्द्रिय सदस्य ध्रुब रायमाझिले जानकारी दिनुभयो ।
उहाँहरु धर्म जोगाउने, देश बचाउने र बनाउने अभियानमा स्वतःस्फुर्त रुपमा आफै राप्रपामा प्रवेश गरेको रायमाझिले बताउनुभयो ।
उहाँले बाणगंगासहित सिंगो कपिलवस्तुमा राप्रपालाई सुदृढ र शसक्त पार्टीका रुपमा स्थापित गर्ने अभियानमा पोख्रेल र अधिकारीले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।








