गृहपृष्ठ Featured लुम्बिनी बौद्ध विश्वविद्यालयमा ३८ विदेशी विद्यार्थी भर्ना

लुम्बिनी बौद्ध विश्वविद्यालयमा ३८ विदेशी विद्यार्थी भर्ना

लुम्बिनी बौद्ध विश्वविद्यालयमा नयाँ शैक्षिक सत्रमा ३८ जना विदेशी विद्यार्थी भर्ना भएका छन् । विश्वविद्यालयले चालु शैक्षिक सत्रमा भर्ना भएका ३८ जना विदेशी विद्यार्थीलाई बिहीबार स्वागत गरेको छ ।

विश्वविद्यालयका उपकुलपति प्राडा सुवर्णलाल बज्राचार्य, रजिष्ट्रार डा. तिलकराम आचार्य, बौद्ध अध्ययन संकायका डिन डा. माणिकरत्न शाक्य, योजना तथा मूल्याङ्कन महाशाखाका निर्देशक डा. कुलप्रसाद खनालले विद्यार्थीहरूलाई एडमिसन अफर लेटर दिएर स्वागत गरे ।

चालु शैक्षिक सत्रमा स्नातकोत्तर तहमा ३७ जना र स्नातक तहमा एकजना विद्यार्थी भर्ना भएको देवदह शिक्षा विकास परियोजनाका निर्देशक डा. कुमार खड्काले जानकारी दिए । भर्ना भएका विद्यार्थीमध्ये ३५ जना चिनियाँ, दुईजना भारतीय र एकजना मलेसियन रहेका छन् ।

सम्बन्धित् समाचार