गृहपृष्ठ Featured बाँके प्रहरीद्धारा एक महिनामा कारबाहीबाट २९ लाख बढी राजस्व सङ्कलन

बाँके प्रहरीद्धारा एक महिनामा कारबाहीबाट २९ लाख बढी राजस्व सङ्कलन

खजुरा ।

जिल्ला प्रहरी कार्यालय बाँकेले एक महिनामा ३६ सयभन्दा बढी सवारी साधन कारबाही गरी २९ लाख रुपियाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

प्रहरीले गत फागुन महिनामा मात्र नियमविपरीत रहेका तीन हजार ६१४ वटा विभिन्न सवारी साधनलाई कारबाही गरेको जनाएको छ । उक्त सवारी साधन कारबाही गरेर २९ लाख ११ हजार पाँच सय रुपियाँ जरिवाना गराई राजस्व सङ्कलन गरिएको हो ।

प्रहरीले फागुनमा १४ लाख ७१ हजार ८७५ रुपियाँ बराबरको अवैध भन्सार छलीको सामानसहित तीन जना व्यक्ति र चार वटा मोटरसाइकल बरामद गरी कारबाहीका लागि सम्बन्धित निकायमा पठाएको जनाएको छ । त्यसैगरी अवैधरूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने चार वटा टिप्पर र दुईवटा ट्याक्टर नियन्त्रणमा लिएर सम्बन्धित निकायमा पठाएर ४८ हजार रुपियाँ जरिवाना गराइएको जानकारी दिएको छ ।

अवैधरूपमा भारतबाट ल्याइएका तीन लाख ७६ हजार ८१० रुपियाँ मूल्य बराबरको ब्रोइलर कुखुरा र मासु बरामद गरी आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय नेपालगन्ज पठाइएको छ ।

सम्बन्धित् समाचार