गृहपृष्ठ Featured मःम बनाउने कारखानामा कुकुरको टाउको भेटिएपछि…

मःम बनाउने कारखानामा कुकुरको टाउको भेटिएपछि…

भारतको पञ्जाबस्थित मोहालीमा महानगरपालिकाको मेडिकल टोलीले कुखुरा बेच्ने पसलहरूमा छापा मारेर लगभग ६० किलोग्राम बिग्रिसकेको फ्रोजन कुखुराको मासु जफत गरेको छ ।

छापा मार्ने क्रममा मःम बनाउने एउटा कारखानाको फ्रिजमा कुकुरको टाउको समेत भेटिएको दाबी गरिएको छ ।

उक्त कारखाना चलाउनेहरू विरुद्ध कारबाही गर्न प्रहरीलाई जानकारी गराइएको मोहालीका सहायक खाद्य सुरक्षा आयुक्त डा। अमृत वारिङले बताए । वितरणको लागि मःम र स्प्रिङ रोल बनाउने कारखानामा कुकुरको मासु प्रयोग गरिएको थियो कि थिएन भनेर अनुसन्धान भइरहेको बताइएको छ । मासु परीक्षणको लागि पशु चिकित्सा विभागमा पठाइएको छ । मोमोज, स्प्रिङ रोल र चटनीको नमुना पनि पठाइएको छ ।

घटनास्थलमा जमेको टुक्रा मासु र क्रसर मेसिन भेटिएको थियो । आइतबार प्रशासनलाई यस विषयमा जानकारी गराइएको थियो । स्थानीय बासिन्दाहरूको गुनासोपछि आइतबार र सोमबार मोहाली जिल्ला स्वास्थ्य अधिकारी ९डीएचओ०ले मटौर ९मोहाली० र वरपरका क्षेत्रहरूमा कारबाही गरेको हो । जिल्ला स्वास्थ्य कार्यालयले भिडियोमा देखाइएका दुई स्थलहरूको भ्रमण गरेका थिए । त्यहाँ सडेको तरकारी, अस्वस्थकर फास्ट फूड र पकाएको खाना फेला पारिएको बताइएको छ ।

यस सम्बन्धमा विस्तृत प्रतिवेदन पेश गर्न जिल्ला स्वास्थ्य कार्यालयलाई निर्देशन दिइएको छ । यसबाहेक, दर्ता नभएका विक्रेताहरूविरुद्ध कानुनी कारबाही भइरहेको छ ।

कारखाना सञ्चालन गर्ने विक्रेताहरू नेपालको भएको भनिएपनि नाम खुलाइएको छैन । छापा मारिएको समयमा स्थानीय मानिसहरू घटनास्थलमा भेला भएका थिए । यसैबीच कारखानाका कामदारहरूले भने फेला परेको टाउको मःम बनाउन प्रयोग नभएको तर उनीहरूले खाने जनावरको मासु भएको दाबी गरेका छन् ।

 

 

सम्बन्धित् समाचार