गृहपृष्ठ Featured लुम्बिनी प्रदेश : दोस्रो आवधिक योजना स्वीकृत गर्ने निर्णय

लुम्बिनी प्रदेश : दोस्रो आवधिक योजना स्वीकृत गर्ने निर्णय

दाङ ।

लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले दोस्रो आवधिक योजना स्वीकृत गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बिहीबार सम्पन्न बैठकले प्रदेशको दोस्रो आवधिक योजना स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिए ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयको प्रस्ताव अनुसार २०८२ सालका लागि सार्वजनिक बिदा स्वीकृत गरिएको छ । नेपाल सरकारले वर्षभरि दिने सार्वजनिक बिदाका अतिरिक्त प्रदेशका सरकारी कार्यालयमा बढीमा ६ दिन अतिरिक्त सार्वजनिक बिदा दिन सकिने व्यवस्था छ । जसअन्तर्गत लुम्बिनीले पाँच दिन सार्वजनिक बिदा दिने प्रस्ताव स्वीकृत गरेको हो ।

सामाजिक विकास मन्त्रालयले अघि सारेको दलित अधिकारसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति प्राप्त गरेको छ । बैठकले लुम्बिनी प्रदेश मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना स्वीकृत गर्ने निर्णय गरेको गरेको छ ।

सम्बन्धित् समाचार