गृहपृष्ठ Featured बाणगंगामा बोलेरो पिकअपले ठक्कर दिँदा स्कुटी चालक गम्भिर घाईते

बाणगंगामा बोलेरो पिकअपले ठक्कर दिँदा स्कुटी चालक गम्भिर घाईते

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तुको बाणगंगा नगरपालिका- ४ होराईजन चोकमा बोलेरो पिकअपले ठक्कर दिँदा स्कुटी चालक गम्भिर घाईते भएका छन् ।

शुक्रबार विहान करिब ८ बजे भएको उक्त दुर्घटनामा स्कुटर चालक स्याङ्जाको वालिङ नगरपालिका- ११ का दिनेश मल्ल गम्भिर घाईते भएको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

प्रहरीका अनुसार चारनम्बर- तौलिहवा सडकखण्डमा तौलिहवातर्फ जादै गरेको लु १ च ३८९१ नम्बरको बोलेरोले विपरित दिशाबाट आईरहेको लु ५० प ४१११ नम्बरको स्कुटीलाई ठक्कर दिँदा स्कुटी चालक गम्भिर घाईते भएका हुन् ।

गम्भिर घाईते ति पुरुषको टाउकोसहित शरिरका विभिन्न भागमा चोट लागेको छ । कपिलवस्तु सामुदायिक अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको प्रहरीले जनाएको छ ।

अहिले उनको आईसियुमा राखेर उपचार भईरहेको जनाईएको छ ।

सम्बन्धित् समाचार