गृहपृष्ठ Featured पूर्वराजा शाहलाई सात लाख ९३ हजार जरिवाना

पूर्वराजा शाहलाई सात लाख ९३ हजार जरिवाना

बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको काठमाडौं महानगरपालिकाले शुक्रबार तीनकुने, कोटेश्वर, जडीबुटीमा आन्दोलनका क्रममा सार्वजनिक सम्पत्तिबाट भएको तोडफोड र आगजनीको घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई जिम्मेवार ठहर्‍याएको छ । महानगरले शनिबार नै निर्णय गरी पूर्वराजा शाहलाई जरिवाना तिराउने गरी पत्र तयार गरेको छ ।

स्रोतका अनुसार, पत्र भोलि पठाइने छ । ९ वटा शीर्षक तोकेर महानगरले शाहको नाममा कुल ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको छ ।

काठमाडौं महानगरपालिका– ३२, तीनकुनेमा आयोजना गरिएको कार्यक्रमबाट सिनामंगल क्षेत्रको सडक फोहर गरेकोमा जरिवानास्वरुप महानगरले एक लाख रुपैयाँ तिराउने भएको छ ।

उसैगरी त्यस क्षेत्रका रुख, बिरुवा, रेलिङ तोडफोड गरेबापत ४० हजार र तीनकुने आइल्याण्डमा तोडफोड गरेबापत २३ हजार गरी ६३ हजार रुपैयाँ निर्धारण गरिएको छ । बालकुमारी क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहरमैला गरी वातावरण प्रदूषण गरेकोमा एक लाख रुपैयाँ तोकिएको छ ।

यस्तै, जडीबुटी सडक तथा सडकपेटीमा फोहर गरेकोमा एक लाख रुपैयाँ जरिवाना तिराइने भएको छ ।

तथा सडकपेटीमा फोहोर महादेवस्थान क्षेत्रको सडकमा फोहोर गरेकोमा एक लाख, कोटेश्वर क्षेत्रको सडक गरेकोमा एक लाख, तीनकुने क्षेत्रमा आगो निभाउन गएको दमकल र अग्नि नियन्त्रकलाई क्षति पुर्‍याएकोमा १ लाख ३० हजार रुपैयाँ जरिवाना तोकिएको छ । यसअघि पूर्वराजाको स्वागतमा भन्दै अघिल्लो साता एयरपोर्ट क्षेत्रमा फोहोर गरेकोमा बालेनले राप्रपालाई जरिवाना तिराएका थिए ।

सम्बन्धित् समाचार