गृहपृष्ठ Featured अर्घाखाँचीमा नदीमा डुबेर दुई जनाको मृत्यु

अर्घाखाँचीमा नदीमा डुबेर दुई जनाको मृत्यु

अर्घाखाँची ।

पौडी खेल्ने क्रममा झिमरुक नदीमा डुबेर दुई जनाको उपचारको क्रममा ज्यान गएको छ ।

भूमिकास्थान नगरपालिका–१० धनचौरी देउराली नेटका १७ वर्षीय अशोक नेपाली र १९ वर्षीय दिलीप नेपालीको मृत्यु भएको प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताए ।

उनीहरु सोही वडाको झिमरुक खोलामा शनिबार पौडी खेल्ने क्रममा पानीमा डुबेपछि स्थानीयले प्रहरीलाई खबर गरी उद्धार गरेका थिए ।

बेहोस अवस्थामा रहेका उनीहरुलाई अर्घाखाँची अस्पतालमा उपचारको क्रममा मृत्यु भएको पौडेलले बताए ।

प्यूठानको सीमानासँग जोडिएको झिमरुक नदीमा अशोक र दिलीप पौडी खोल्न गहिरो ठाउँमा हाम फालेका थिए ।

सम्बन्धित् समाचार