गृहपृष्ठ Featured टोटनहामविरुद्ध चेल्सीको जित

टोटनहामविरुद्ध चेल्सीको जित

इङ्लिस प्रिमियर लिगमा चेल्सीले टोटनहामलाई पराजित गरेको छ । गए राति भएको खेलमा चेल्सी १-० ले विजयी भएको छ ।

खेलको ५०औँ मिनेटमा चेल्सीका एन्जो फर्नान्डेजले गरेको गोल नै निर्णायक बन्दा चेल्सी विजयी भएको हो । टोटनहामले ६ वटा कर्नर पाएको थियो । ८७ प्रतिशत पास एकुरेसीसहित ४९ प्रतिशत नियन्त्रण बनाउँदा पनि पराजित भयो ।

यो जितसँगै चेल्सी ५२ अंकसहित अंकतालिकाको चौथो स्थानमा पुगेको छ । पाँचौँ स्थानको म्यानचेस्टर सिटीको ५१ अंक छ ।

शीर्ष स्थानमा भने लिभरपुल यथावत छ । त्यस्तै दोस्रो स्थानमा आर्सनल छ भने तेस्रो स्थानमा नटिङ्घम फरेस्ट रहेको छ ।

सम्बन्धित् समाचार