गृहपृष्ठ Featured अर्घाखाँचीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, २ जना घाइते

अर्घाखाँचीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, २ जना घाइते

बुटवल ।

अर्घाखाँचीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

 जिल्लाको मालारानी गाउँपालिका–३ लुटीपोखरी–खनदहको भित्री सडकखण्डमा आइतबार बिहान  जिप दुर्घटना हुँदा यात्रु बालकृष्ण रिजाल र चालक दिलिप खनालको मृत्यु भएको  हो ।

उक्त  घटनामा परी अन्य दुई जना घाइते भएका छन् । प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले  मालारानी गाउँपालिमा वडा नम्बर  ४ बस्ने वसन्त पोखरेल र भुवन पोखरेल घाइते भएको बताए ।

मालारानीको  लुटीपोखरीबाट खनदहतर्फ जाँदै गरेको लु २ च २९९० नम्बरको सिङ्गल क्याब जिप अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
जिप सडकबाट करिब २०० मिटर तल खसेको थियो ।

सम्बन्धित् समाचार